
भैरहवा, चैत ६ । भैरहवास्थित गौतमबुद्ध विमानस्थलबाट शुक्रबार बिहान एकाएक धुवाँको ठुलो मूस्लो निस्कियो ।
बिमानस्थल भित्र धुवाँको मुस्लो देखिएपछि भैरहवाबासीले बिमान दुर्घटनाको अड्कल काट्न थाले ।
उनीहरुको अड्कलकाबीच साईरन बजाउदै तत्कालै वारुण यन्त्र आगोको मुस्लो भएको ठाँउमा पुगे ।
विमानमा रहेका यात्रुहरुलाई एम्बुलेन्समा राखेर अस्पतालतर्फ लगियो भने दमकलको सहायताले आगो निभाईयो ।
विमानस्थलको उद्दार तथा अग्नी नियन्त्रण शाखाको सक्रियतामा नेपाल प्रहरी, नेपाली सेना, विमानस्थल व्यवस्थापन र मेडिकल टिमले घाइतेको उद्दार गरे ।
गौतमबुद्ध विमानस्थल नागरिक उड्ययन कार्यालयका सूचना अधिकारी विनोद सिंह रावतले खनालपुर विमानस्थलबाट गौतमबुद्ध विमानस्थल आउँदै गरेको अल्फा एयरलाइन्सको ९ एनएएको विमान अवतरण गर्ने क्रममा दुर्घटना भएको बताउनुभयो ।
यद्यपी यो घटना वास्तविक भने थिएन । बिमानस्थलमा दुर्घटना भईहाले कसरी आपतकालिन रुपमा उद्धार र उपचार गर्ने भन्ने अभ्यास गरिएको थियो ।
विमानस्थलमा हुने आकस्मिक घटनापछि तत्काल उद्दार गरेर धनजनको ठूलो क्षति हुनबाट बचाउन अभ्यास गरिएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्ययन कार्यालय भैरहवाले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्