
बागलुङ, चैत ६ । स्थानीयको विरोधका कारण ढोरपाटन शिकार आरक्षणलाई मध्यवर्ती क्षेत्र घोषणमा अझै पनि पार्न सकिएको छैन ।
आरक्षण क्षेत्रको ५६ गाउँलाई समेटेर मध्यवर्ती क्षेत्र घोषण गर्ने भनिए पनि स्थानीय स्तरबाट सहमति नजुट्दा समस्या भएको हो ।
मध्यवर्ती क्षेत्र घोषणापछि यहाँबाट संकलन हुने राजश्वको ५० प्रतिशत स्थानीयको विकास तथा मध्यवर्ती क्षेत्रको संरक्षणमा खर्च गर्नु पर्ने भए पनि अहिले सबै राजश्व केन्द्रमा पुग्ने गरेको छ ।
मध्यवर्ती क्षेत्र बनाएपछि स्थानीयलाई नै फाइदा पुग्ने भन्दै यस विषयमा जानकार गराउने प्रयास भइरहेको ढोरपाटन सिकार आरक्षणका प्रमुख संरक्षण अधिकृत विरेन्द्र प्रसाद कंडेलले जानकारी दिनुभयो ।
उहाँले स्थानीयलाई मध्यवर्ती क्षेत्र घोषणापछि यस क्षेत्रमा कुनै पनि गतिबिधि गर्न नपाइने भन्ने बुझाईका कारण अवरोध भइ रहेको बताउनुभयो ।
नेपालका १३ वटा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण क्षेत्रमा मध्यवर्ती क्षेत्र घोषणा भइसके पनि ढोरपाटन सिकार आरक्षणले भने स्थानीयको विरोधका कारण मध्यवर्ती क्षेत्र घोषणा गर्न सकेको छैन ।
प्रतिक्रिया दिनुहोस्