२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


ओलीले गरेका एकलौटी निर्णयहरु खारेज गरे आफ्ना गतिविधिहरु रोक्ने : नेपाल


0
Shares

काठमाडौं, चैत ६ । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले २८ फागुनमा पार्टी अध्यक्ष केपी ओलीले गरेका एकलौटी निर्णयहरु खारेज भए मात्र आफूहरुका गतिविधिहरु रोक्ने बताउनुभएको छ ।

नेपाल पक्षका महिलाहरुको भेलालाई सम्बोधन गर्दै उहाँले दल त्यागेर अरु पार्टीको सदस्य नलिएसम्म कसैले पनि आफूहरुलाई पार्टीबाट हटाउन सक्दैन भन्नुभयो ।

कार्यक्रममा नेपाल पक्षका नेता गोकर्ण विष्टले आफूहरु पार्टी एकताकै पक्षमा रहेको भन्दै पार्टी एकतालाई जोगाउन अन्तिम समयसम्म कसरत जारी राख्ने बताउनुभयो ।

पार्टीमा हावी भएको व्यक्तिवाद र गलत प्रवत्तिलाई सच्याएर पार्टीलाई सहि विचार र विधिद्धारा सञ्चालन गर्ने अठोट लिएको पनि उहाँको भनाइ थियो ।