१५ फाल्गुन २०८१, बिहिबार | Thu Feb 27 2025


डोजरले महिलालाई खाल्डोमा पुर्ने चालक पक्राउ


0
Shares

काठमाडौं, चैत ६ । गत फागुन १७ गते धादिङको सल्यानटारमा डोजरको ठक्करबाट घाइते भएकी महिलालाई जिउँदै खाल्डोमा पुरेर फरार भएका डोजर चालकलाई प्रहरीले पक्राउ गरेको छ ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले दाङ घर भएका डोजर चालक भीमबहादुर बुढाथोकीलाई भारतबाट पक्राउ गरेर ल्याएको हो ।

घाँसको भारी बोकेर घरतिर फर्किँदै गरेकी ४५ वर्षीया सरस्वती कुमाल डोजरको ठक्करबाट खाल्डोमा खसेकी थिइन् ।

तर, चालक बुढाथोकीले उनलाई उद्दार गर्नु साटो खाल्डोमा वरिपरीको माटो ल्याएर पुरिदिएका थिए ।

सल्यानटार–आरुघाट सडकखण्डमा चल्ने बसका यात्रुले डोजरले मान्छे पुरेको भन्दै हल्ला गरेपछि बुढाथोकी डोजर छाडेर भागेका थिए ।

भारतको हरिद्वारमा पक्राउ गरिएका उनलाई सीआइबीले शुक्रबार पत्रकार सम्मेलन गरी सार्वजनिक समेत गरेको छ ।