२७ चैत्र २०८१, बुधबार | Wed Apr 9 2025


नवीन्द्रराज जोशीको परिवारद्वारा सरकारले दिने भनेको १० लाख रुपैंयाँ लिन अस्वीकार


0
Shares

काठमाडौं, चैत ८ । मस्तिष्कघात भएर गम्भीर अवस्थामा उपचाररत नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशीको उपचारका लागि सरकारले दिने भनेको १० लाख रूपैयाँ जोशीका परिवारले लिन अस्वीकार गरेको छ ।

बिहीबारको मन्त्रिपरिषद बैठकले मस्तिष्कघातपछि नर्भिक अस्पतालमा उपचाररत जोशीलाई सरकारका तर्फबाट १० लाख सहयोग उपलब्ध गराउने निर्णय गरेको थियो ।

शुक्रबार जोशीको स्वास्थ्य अवस्थाबारे बुझ्न नर्भिक अस्पताल पुग्नुभएका उपप्रधानमन्त्री ईश्वर पोखरेलले उपचारका लागि सरकारले १० लाख सहयोग गर्ने निर्णय गरेको जानकारी गराउनुभएको थियो ।

जोशीका स्वकीयसचिव पुष्कर पाण्डेले सरकारले दिने भनेको रकम लिन जोशी परिवारले अस्वीकार गरेको जानकारी दिनुभएको हो ।

फागुन १४ मा मस्तिष्कघात भएका जोशीको गम्भीर अवस्थामा भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ ।