
काठमाडौं, चैत ८ । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफूपक्षीय नेताहरुसँग आफ्नै निवास बोहोराटारमा परामर्श गर्नुभएको छ ।
पौडेल निवास बोहोराटारमा कांग्रेस महामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह, नेता अर्जुननरसिंह केसी, रामशरण महत, मिनेन्द्र रिजाल लगायतका नेताहरुबीच समसामयिक राजनीतिका बारेमा छलफल भएको हो ।
प्रतिनिधि सभा पुनर्स्थापना भएपछि पनि नयाँ सरकार बनाउन नसकिएको, संसदको बैठक पनि प्रभावकारी नभएको, वर्तमानमा कांग्रेसको भूमिकालगायत विषयमा नेताहरुबीच छलफल भएको हो ।
बैठकमा पार्टीको १४ औं महाधिवेशनका सन्दर्भमा पनि कसरी अगाडी बढ्ने भन्नेमा पनि नेताहरुबीच छलफल भएको बताइएको छ ।
पार्टी सभापति शेरबहादुर देउवाले नेकपा एमालेका अध्यक्ष केपी ओली नेतृत्वको सरकारको विकल्प दिन अग्रसरता नलिएको भन्दै पौडेल पक्ष असन्तुष्ट छ ।
प्रतिक्रिया दिनुहोस्