२६ फाल्गुन २०८१, सोमबार | Mon Mar 10 2025


सभामुख सापकोटा र प्रतिनिधि सभाका विभिन्न सभापतिहरुबीच छलफल


0
Shares

speaker sapkota meeting

काठमाडौं, चैत ८ । सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधि सभाका विभिन्न समितिका सभापतिहरुसँग छलफल गर्नुभएको छ ।

सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा गरिएको छलफलमा संघीय संसद, प्रतिनिधि सभा समितिका सभापतिहरु संलग्न रहेको उहान्को सचिवालयले जनाएको छ ।

समितिमा प्राप्त भएका विधेयकहरुको अवस्था, प्रतिनिधि सभा अन्तरगतका विषयगत समितिका काम कारबाही लगायतका विषयमा छलफल भएको सचिवलायले जनाएको हो ।

पुस ५ गते प्रधानमन्त्ती केपी ओलीले विघटन गरेको प्रतिनिधि सभा सर्वोच्च अदालतले पुनर्स्थापित गरेपनि सदनको काम कारवाहीले भने गति लिन सकेको छैन ।

आफैले विघटन गरेको संसद पुनर्स्थापित भइसकेपछि प्रधानमन्त्री ओलीले राजीनामा गर्नुपर्ने पक्षमा विभिन्न राजनीतिक दल रहे पनि ओलीले भने आफू सदनको सामना गर्ने बताउँदै आउनुभएको छ ।

यस्तोमा सदनको कार्वाही कर्मकाण्डीय हैसियतमा मात्र रहेको छ । यस्तोमा सभामुखले समिति सभापतिहरुसँग छलफल गर्नुभएको हो ।