१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


चार वटा निकुञ्जबाट एकसिँगे गैँडाको गणना सुरु


0
Shares

डोलराज रानाभाट (इमेज)
चितवन, चैत ८ । विश्वमै दुर्लभ एक सिँगे गैँडा गणनाको तयारी पुरा भएको छ ।

देशका चार वटा निकुञ्जमा मात्रै पाइने गैँडाको गणना गर्न खटिने गणक, माउतेलाई तालिम दिइएको छ ।

३०० सयभन्दा बढी मानवीय जनशक्ति र ६० वटा हात्तीसहितको टोलीले सोमबारबाट फिल्डमा गएर गैँडा गणना गर्दैछ ।

रामचन्द्र रैला चितवन राष्ट्रिय निकुञ्जका अवकाश प्राप्त कर्मचारी हुनुहुन्छ ।

तर गैँडा गणनाकै कारण उहाँ पुन निकुञ्जसँग जोडिने अवसर पाउनुभएको छ ।

सोमबार अर्थात चैत ९ देखि हुने राष्ट्रिय गैँडा गणनामा गणकको भूमिका निभाउने रैला अहिले दिइएको तालिम ध्यानपूर्वक सुन्दै फिल्डमा जाने दिनको प्रतिक्षामा निकै उत्साहित हुनुहुन्छ ।

रैला जस्तै ३०० सय बढि मानविय जनशक्ति र ६० वटा हात्ती गणनामा खटिदै छन् चितवनमा मात्रै २०० सय बढि मानविय जनशक्ति र ४० वटा हात्तीको प्रयोगगरी डाइरेक्ट साइटिङ विधिबाट २२ भागमा विभाजन गरी गैँडाको गणना हुँदैछ ।

विश्वमानै सानो सख्यामा रहेको दुर्लभ र महत्वपूर्ण वन्य जन्तु गैँडा नेपालका चार वटा राष्ट्रिय निकुञ्ज पर्सा, चितवन, बर्दिया र शुक्लाफाटामा मात्रै पाइन्छ ।

त्यो मध्ये सवैन्दा धेरै चितवनमा पाइन्छ । गणनामा आवश्यक पर्ने खाना,स्वास्थ्य, तथ्याक संकलन तथा टोली परिचालन आदिका लागि विभिन्न उपसमितिहरु बनाइएको छ भने तयारी पुरा भएको बताउनुहुन्छ चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बराल ।

नेपालमा सन् १९९४, २०००, २००५, २००८, २०११ र २०१५ मा गैँडा गणना भइसकेका छन् ।

गत वर्षनै गणना गर्ने सवै तयारी पुरा हुँदा कोरोनाका कारण रोकिएको कार्यक्रमले यो पटक पूर्णता पाउँदैछ ।

दुर्लभ हुँदै गएपछि गैँडाको अस्तित्व कायम गर्न प्रजातीगत रुपमै संख्या तोकेर गन्न थालिएको बताउनुहुन्छ राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका सूचना अधिकारी इकोलोजोष्टी हरिभद्र आचार्य ।

हाल कुन अवस्थामा कति संख्याकाका कुन उमेर समूहका गैँडा र उनीहरुको चरिचरण कस्तो छ लगायतका विषय सहित दीर्घकालसम्म गैँडा बचाइराख्न गर्नुपर्ने सुधारहरु को खोजी गरिनेछ ।

यसले नीति नियम, कार्यक्रम र योजना बनाउन ठूलो सहयोग मिल्ने र छुट्टै संरक्षण कार्ययोजना निर्माण गरेर व्यवस्थापन गरिने आचार्य बताउनहुन्ूछ ।

पछिल्लो गणनाले चितवन निकुञ्जमा सबैभन्दा बढी ६०५ गैँडा देखाएको थियो ।

चितवन, पर्सा, बर्दिया र शुक्लाफाँटाकासहित ६सय ४५ गैँडा थिए ।

सन् २०१५ को गणनापछि चोरी शिकारबाट मर्ने गैँडाको सङ्ख्या नगन्य भएपनि प्राकृतिक कारणले मर्नेको सङ्ख्या भने उकालो लागिरहेको छ ।

चालु आर्थिक वर्षको अहिलेसम्म मात्रै चितवनमा ४ वटा चोरी सिकारबाट र २२ वटा प्राकृति कारण गरी २६ वटा मरिसकेका छन् ।

१ करोड बढि बजेट सहित चैत ९ गते सुरु गरेर २९ गते गणना सम्पन्न गरी चार वटै निकुञ्जको तथ्याक वैँशाखमा सार्वजनिक गर्ने तयारी छ। गैँडा पर्यटक तान्ने मुख्य बन्यजन्तु त हो नै विश्वकै दुर्लभ नेपालमा पाइदा शान पनि ।

तर चोरी सिकार नरोकिने, बासस्थान अतिक्रमण बढ्ने, सीमित कर्मचारी, पर्याप्त बजेट नहुनु आदिले यसको संरक्षणमै संकट आउनेमा चिन्ता व्यक्त भएका छन् ।

त्यसैले यसरी हुने गणनाबाट आउने नतिजालाई विश्लेषण सहित प्रभावकारी कार्यान्वयनमा लैजान अत्यन्त आवश्यक देखिएको छ ।

पछिल्लो गैँडा गणनाको दोस्रो वर्ष सन् २०१६ र सन् २०१७ मा बर्दिया र शुक्लाफाँटामा चितवनका गैँडा स्थानान्तरण गरिएको थियो ।

यसले पनि गैँडाको सङ्ख्या वृद्धि हुनसक्ने अनुमान गरिएको छ ।

मैसम अनुसार र घाँसे मैदान पनि सफा रहने हुरी वतास चलिसक्ने समय नभएकाले फागुनको अन्तिम र चैतको पहिलो हप्ता उपयुक्त समय मानिन्छ ।

गैँडा गणनाका लागि गत वर्ष १ करोड २० लाख सरकारले बजेट दिएको थियो भने अहिले ८० लाख बजेट विनियोजन भई १ करोड बढिको अनुमान गरिएको छ ।