१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


सेजमा सबै उद्योग सञ्चालनको तयारी


0
Shares

बारा, चैत ८ । बाराको सिमरास्थित विशेष आर्थिक क्षेत्र सेजमा सबै प्रकारका उद्योग संचालन गर्न सकिने भएको छ ।

निर्माण तयारी सकिएलगत्तै गार्मेन्ट प्रशोधन केन्दका लागि छुटयाइएको “ए’ ब्लकमा गार्मेन्ट उद्योग संचालनका लागि तयार नभएपछि विशेष आर्थिक क्षेत्र प्राधिकरणले सबै प्रकारका उद्योगलाई संचालनका लागि प्रस्ताव आह्वान थालेको हो ।

८ सय ३३ बिगाह क्षेत्रफल रहेको प्राधिकरणको ५ ब्लकमध्ये ‘ए’ ब्लक ३ सय ३३ बिगाह क्षेत्रफमा फैलिएको छ ।

जमीनभन्दा उद्योग धितो राख्न कर्जालगायतका झन्झटमा कमी हुने देखेपछि प्राधिकरणको पछिल्लो निर्णयप्रति उद्योगीहरु उत्साहित बनेका छन् ।

सेजले ६ महिनामा सक्ने गरी ३० मिटरको कालोपत्रे सडक, १ सय ३३ केभिको विद्युत प्रसारण लाइन बिस्तार गरी सक्ने जनाएको छ ।

उद्योगको संरचना बनाउन सहज हुने गरी विद्युत र सडकको सर्वे थालिएको छ । सेजमा संचालन हुने उद्योगका लागि प्राधिकरणले प्रतिवर्ग मिटर प्रत्येक महिना २० रुपैयाँ भाडा तोकेको छ ।

उद्योगको पुर्र्वाधार भने उद्योगीले नै बनाउनु पर्नेछ ।

अब सेजमा जुनसुकै उद्योेग आउन सक्ने संरचना तयार भैसकेको सिमरा सेजका प्रमुख ईन्जिनीयर जीवन पौडेलले बताउनुभयो ।