
काठमाडौं, चैत ८ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले सरकार टिकाउनका लागि नेकपा एमालेले कुनै पनि किसिमको सम्झौता नगर्ने बताउनुभएको छ ।
मन्त्रिपरिषद्ले गरेकोे निर्णय सुनाउन आइतबार आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री गुरुङले सरकार टिकाउनका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै अनुचित र सिद्धान्तहिन गठबन्धन गर्नु आवश्यक नरहेको बताउनुभयो ।
सरकारमा रहे राष्ट्रिय गौरवका आयोजना सम्पन्न गर्ने अवसर सरकारलाई हुने र विपक्षमा भए आगामी निर्वाचनको तयारी गरेर फेरी पनि सिंहदरबार प्रवेश गर्ने प्रधानमन्त्री ओलीको आत्मविश्वास भएकाले एमालेको दुवै हातमा लड्डु भएको उहाँको भनाई छ ।
मन्त्री गुरुङले पार्टीमा सबै प्रकारका गटबन्दीको अन्त्य गरिने बताउनुभयो ।
गुटबन्दीका कारण सरकार अवरुद्ध हुने र पार्टी विभाजन हुने प्रवृत्तिको अन्त्य गर्ने स्पष्ट दृष्टिकोण साथ पार्टी अगाडी बढेको उहाँको भनाई छ ।
पार्टी नेतृत्व र सरकारलाई कमजोर बनाउने गतिविधिमा संलग्न हुनेलाई पार्टीले छुट नदिने मन्त्री गुरुङकोे भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्