३० चैत्र २०८१, शनिबार | Sat Apr 12 2025


ढिलो उमेरमा बच्चा जन्माउँदा ‘डाउन सिन्ड्रोम’ भएका बालबालिका जन्मने खतरा


13
Shares

काठमाडौं, चैत ८ । ढिलो उमेरमा बच्चा जन्माउनाले नेपालमा डाउन सिन्ड्रोम भएका बालवालिका जन्मने संख्या वृद्धि भएको चिकित्सकहरुले जनाएका छन् ।

विश्व डाउन सिन्ड्रोम दिवसको अवसरमा आइतबार काठमाडौंमा भएको कार्यक्रममा उनीहरुले ३५ बर्ष उमेर माथिका महिलाबाट जन्मने शिशु् र बंशाणुगत कारणले गर्दा यो समस्या बढ्दै गएको बताए ।

वंशाणुरोग विशेषज्ञ डा. निलम ठाकुरले डाउन सिन्ड्रोम भएका प्रत्येक बालबालिकामा फरक –फरक किसिमको समस्या देखिने जानकारी दिनुभयो ।

पछिल्लो समय ३० बर्षभन्दा कम उमेरमा नै बच्चा जन्माउने महिलामा समेत यो समस्या देखिने गरेको भन्दै उहाँले गर्भवति अवस्थामा डाउन सिन्ड्रोम भए नभएको परीक्षण गराउन सकिने बताउनुभयो ।

डाक्टर ठाकुरले वीर अस्पतालमा प्रत्येक बर्ष झन्डै ३८ जना डाउन सिन्ड्रोम भएका बालबालिका उपचारका लागि आउने गरेको जानकारी दिनुभयो ।

कार्यक्रममा हेमाटोलोजिष्ट डा. निरज सिंहले डाउन सिन्ड्रोम भएका बालबालिकाको शारीरिक र मानसिक विकास राम्रोसँग नहुने भन्दै गर्भवती महिलाले नियमित रुपमा गर्भ परीक्षण गराउनु पर्ने सुझाव दिनुभयो ।

नेपालमा गर्भवती अवस्थामै गर्भमा रहेको शिशुमा डाउन सिन्ड्रोम भएको थाहा भए गर्भपतन गराउन मिल्ने कानुन समेत रहेको छ ।