१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


स्पष्टीकरण हामीले होइन केपी ओलीले दिनुपर्छ– भीम रावल


0
Shares

काठमाडौं, चैत १० । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले स्पष्टीकरण आफूहरुले होइन, अध्यक्ष केपी ओलीले दिनुपर्ने बताउनुभएको छ ।

काठमाडौंमा माधव नेपाल समूहसम्वद्ध विद्यार्थीहरुको राष्ट्रिय कार्यकर्ता भेलामा रावलले पार्टी विधानको निरन्तर उल्लंघन गर्नेहरुले आफूहरुलाई स्पष्टीकरण सोध्नु नै लाजमर्दो भएको टिप्पणी गर्नुभयो ।

स्पष्टीकरणलाई अवैध कमिटीले सोधेको नक्कली पत्रको संज्ञा दिँदै रावलले भन्नुभयो, ‘नवौं महाधिवेशनको निर्णयबाट बनेको विधानका धाराहरु कुल्चिएर विधान संशोधन गर्ने अधिकार कहाँबाट आयो ?’

माओवादीबाट आएकाहरुलाई केन्द्रीय समितिमा लगिएकामा आपत्ति जनाउँदै रावलले भन्नुभयो, ‘पार्टी सदस्य नै नभएकाहरुलाई केन्द्रीय सदस्य मनोनयन गर्ने ?’

महाधिवेशनबाट निर्वाचित पदाधिकारीलाई पदमुक्त गर्ने र राष्ट्रिय महाधिवेशन आयोजक समिति गठन गर्ने अध्यक्ष ओलीको निर्णय विधान विपरीत भएको पनि उहाँले जिकीर गर्नुभयो ।

रावलले भन्नुभयो, ‘अब नेपाली जनताले ओलीलाई प्रतिनिधिसभा किन विघटन गरेको ? नागरिकता विधेयक किन संसदमा पेश हुन नदिएको ? जस्ता विषयमा स्पष्टीकरण सोध्ने छन् ।’