१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


कोरोनामा आधारित सर्ट फिल्म ‘अकाल’ सार्वजनिक


0
Shares

काठमाडौं, चैत ११ । नेपालमा कोरोनाका कारण लकडाउन घोषणा भएको आज एक बर्ष पुरा भएको छ ।

एक बर्ष पुरा भएको दिन पारेर आज सर्ट फिल्म अकाल सार्वजनिक भएको छ ।

लकडाउनमा नागरिकहरुले भोग्नु परेको विषयलाई समेटेर सो फिल्म निर्माण भएको छ ।

विश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाईरसका कारण धेरैले जीवन गुमाउनु पर्‍यो ।

त्यसको श्रिंखला अझै पनि रोकिएको छैन ।

कोरोना संक्रमणबाट नेपालमा पनि धेरैको मृत्‍यु भइसकेको छ ।

सिमित साधन श्रोतका कारण कोरोना परीक्षण नै गराउन नपाएका घटनाहरु दिनहुँ समाचारका शिर्शक बन्ने गरेका छन् । यही बिषय वस्तुमा आधारित रहेर निर्माण गरिएको सर्ट फिल्म अकाल सार्वजनिक भएको छ ।

रक्की महर्जनको निर्देशन, छायांकन र सम्पादनमा बनेको उक्त सर्ट फिल्मको कथा राज महर्जनले लेख्नुभएको हो ।

फिल्ममा कोरोना संक्रमण सुरु भएपछि त्यसको नकारात्मक प्रचार कसरी भयो र उपयुक्त जानकारीको कमिका कारण कसरी कुनै व्यक्तीले अकाल ज्यान गुमाउनु पर्‍यो भन्ने बिषय वस्तुलाई मुख्य केन्द्रमा राखिएको छ ।

कोरोना संक्रमण भएका व्यक्तिहरुलाई राख्नका लागि बनाइएका क्वारेन्टाइन स्थलहरुको दुर्दशा र बिरामीले उपयुक्त उपचार पाउन नसकेको यथार्थ चित्रण फिल्ममा गरिएको छ ।

गत बर्ष असारमा सिमित साधन र श्रोतको प्रयोग गरेर निर्माण गरिएको फिल्म सरकारले लकडाउन घोषणा गरेको एक बर्ष पुगेको दिन पारेर सार्वजनिक गरिएको हो ।

फिल्ममा रुपेन्द्र श्रेष्ठ, सुशील राजोपाध्याय, सरिता बज्राचार्य, सुरेन्द्र महर्जन, सुरेश महर्जन, रोजन महर्जन, बिक्रम महर्जन र अकबर श्रेष्ठ लगायतको अभिनय रहेको छ ।

फिल्म सुत्र टिभि एच डि को यूट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।