१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


काठमाडौंबाट सुर्तिजन्य पदार्थसहित दुईजना पक्राउ


0
Shares

काठमाडौं, चैत ११ । महानगरीय अपराध महाशाखाको टोलीले भन्सार छली अबैध तरिकाबाट सामान ल्याएको अभियोगमा काठमाडौंबाट दुई जनालाई पक्राउ गरेको छ ।

प्रहरीले कोटेश्वर र कुमारी गालस्थित गोदाममा छापामारी मदन साह रौनियार र श्रवणकुमार सिंहलाई पक्राउ गरेको हो ।

प्रहरीले उनीहरुको गोदामबाट १५ लाख मुल्य बराबरको सुर्तीजन्य पदार्थ र ५२ कार्टुन इनर्जी ड्रिङ्क्स बरामद गरको महाशाखाका प्रमुख चन्द्रकुबेर खापुङले जानकारी दिनुभयो ।

बरामद सामान भन्सार कार्यालय पठाउने र पक्राउ परेका दुबै जनालाई अदालतबाट म्याद लिएर थप अनुसन्धान गरिने महाशाखाले जनाएको छ ।