८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


नेकपा एमालेले थापाथली हाइटमा केन्द्रीय कार्यालय सार्ने, प्रधानमन्त्री ओलीले गरे निरीक्षण


0
Shares

काठमाडौं, चैत ११ । नेकपा एमालेले केन्द्रीय कार्यालय थापाथलीमा सार्ने भएको छ ।

बल्खुस्थित कार्यालय भूकम्पबाट क्षतिग्रस्त भएपछि धुम्बाराहीको पासाङ ल्हामु स्मृति प्रतिष्ठानमा रहेको केन्द्रीय कार्यालय थापाथलीमा सार्न लागिएको हो ।

चक्रपथ विस्तारका कारण काम प्रभावित भएकाले केन्द्रीय कार्यालय धुम्बाराहीबाट थापाथली हाइटस्थित सञ्जय अग्रवालको घरमा सार्न लागिएको बताइएको छ ।

प्रधानमन्त्रीका आर्थिक सल्लाहकार एवं पूर्वमन्त्री मोतीलाल दुगडले खोजेको घर हेर्न बुधबार प्रधानमन्त्री केपी ओली आफै जानुभएको थियो । पुरानो शैलीमा निर्मित साढे दुई तलाको घरमा बैशाख १ गतेबाट सर्ने तयारी गरिएको छ ।

एमालेले मदननगर बल्खुमा आउँदो वैशाख ९ मा नयाँ भवनको पनि शिलान्यास गर्दैछ । नयाँ भवन सम्पन्न नहुञ्जेल करिब पाँच वर्ष थापाथलीबाटै पार्टीको काम हुने नेताहरुले बताएका छन् ।