२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


स्कुल बसको ठक्करबाट एक बालकको मृत्यु


0
Shares

नवलपुर, चैत ११ । नवलपुरको हुप्सेकोट गाउँपालिका– २ मा स्कुल बसले ठक्कर दिँदा एक बालकको मृत्यु भएको छ ।

लोकसेवा माध्यमिक विद्यालयको स्कुल बसको ठक्करबाट हुप्सेकोट– २ बस्ने सुकमाया परियारको ३ वर्षका छोरा कृष परियारको घटनास्थलमै मृत्यू भएको जिल्ला प्रहरी कार्यलय नवलपुरले जनाएको छ ।