
काठमाडौं, चैत ११ । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन एन प्याब्सनमा आवद्ध विद्यालयहरुले आकस्मिक र भैपरी आउने असहज अवस्थाको व्यवस्थापन गर्न कुल आयको कम्तिमा ०.५ प्रतिशत रकम जम्मा गरी छुट्टै जगेडा कोष बनाउनु पर्ने भएको छ ।
चैत्र ४ र ५ गते कञ्चनपुरको महेन्द्रनगरमा सम्पन्न केन्द्रीय समितिको बाहौं बैठकको निर्णय सार्वजनिक गर्दै यस्तो जानकारी दिइएको हो ।
कोरोनाका कारण उत्पन्न परिस्थितिलाई मध्यनजर गरी विद्यालयहरुले शिक्षण सिकाइका गतिविधिलाई विभिन्न माध्यमबाट अझ प्रभावकारी ढङ्गले व्यवस्थापन र सञ्चालन गर्न आवश्यक ठानेमा यस्ता गतिविधिमा संगठनले सहयोग पुर्याउने निर्णय पनि गरिएको छ ।
स्थानीय निकायहरूले शिक्षा सम्बन्धी आ–आफनै ढङगका कार्यविधि बनाउँदा समस्या बढेको भन्दै एन प्याब्सनले केन्द्रदेखि स्थानीय निकायहरूमा निर्माण गरिने शिक्षा सम्बन्धी समिति र उपसमितिहरूमा एन प्याब्सनको प्रतिनिधित्व हुनुपर्ने माग पनि गरिएको छ ।
यस्तै नेसनल प्याब्सनले सातौं महाधिवेशन २०७८ कार्तिक ११ – १३ गते सम्पन्न गर्ने निर्णय समेत गरेको छ ।
प्रतिक्रिया दिनुहोस्