
काठमाडौं, चैत ११ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले होली पर्व घरमै मनाउन र भीडभाड नगर्न अनुरोध गरेको छ ।
कोरोना संक्रमितको संख्यासँगै जोखिम बढेको भन्दै मन्त्रालयले थप सतर्कता अपनाउन आग्रह गरेको छ ।
बुधबार आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले भन्नुभयो, ‘पछिल्लो केही दिनमा संक्रमणको संख्या उकालो लागेको छ । जोखिम पनि बढेको छ । त्यसैले होली घरमै मनाउन र भीडभाड नगर्न आग्रह गर्छौं ।’
रंगहरुको पर्व होली पहाडमा चैत १५ र तराई मधेसका जिल्लामा १६ गते मनाइँदैछ ।
प्रतिक्रिया दिनुहोस्