
एजेन्सी । अमेरिकाले मेक्सिको हुँदै अमेरिका प्रवेश गर्न चाहिरहेका आप्रवासीलाई अमेरिका–मेक्सिकोको सीमामा नआउन आग्रह गरेको छ ।
अमेरिकाको दक्षिणी सीमा मामिला सम्बन्धी अमेरिकी संयोजक रोबर्टा ज्याकोब्सनले मेक्सिकाको सीमाबाट अमेरिका प्रवेश गर्न चाहने आप्रवासीलाई यस्तो आग्रह गर्नुभएको हो ।
अमेरिका प्रवेश गर्ने चाहेका तर प्रवेशाज्ञा अनुमतिको कागजात नभएका हजारौं व्यक्ति मध्य अमेरिकी मुलुकहरूबाट आइरहेका समाचार बाहिरिएसँगै ज्याकोब्सनले अमेरिकी सीमा बन्द गरिएको बताउनुभएको हो ।
अवैधानिक ढङ्गबाट अमेरिका प्रवेश गर्न चाहने व्यक्तिहरु आपराधिक तत्वहरु र मानव तस्करबाट पीडित हुने जोखिम रहने ज्याकोब्सनको भनाइ छ ।
बालबच्चासहित ठूलो संख्यामा मानिसहरु कैयौं दिनदेखि हिँडेरै अमेरिकी सीमामा पुग्न लागेको आप्रवासीका क्षेत्रमा क्रियाशील सङ्घसंस्थाले जनाएका छन् ।
ज्याकोब्सनले सन्देशमा मेक्सिकोको उत्तरी सीमा क्षेत्रमा यात्रा निकै कठिनाइपूर्ण रहेको बताउँदै मानव तस्करहरूले सीमापार गराइदिने प्रलोभनमा लुटपाट र शोषण गर्न सक्ने खतरा रहेको समेत औल्याइएको छ ।
प्रतिक्रिया दिनुहोस्