
काठमाडौं, चैत ११ । आइतबारदेखी त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल दैनिक १८ घण्टा मात्रै सञ्चालन हुने भएको छ ।
विमानस्थलका अनुसार आइतबारदेखी राती साढे १२ बजेपछिका उडानहरु हुने छैनन् ।
हाल विमानस्थल २१ घण्टा चलिरहेको छ कोरोनाको कारण अब ३ घण्टा उडान अवधी कम गर्न लागेको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रताप बाबु तिवारीले जानकारी दिनुभयो ।
भारतमा कोरोना बढेसँगै नेपालमा पनि यसको जोखीम रहने भएका कारण र अन्तराष्ट्रिय उडानहरु पनि प्रत्यक्ष प्रभावित हुने भन्दै विमानस्थलले उडान अवधी घटाएको हो ।
प्रतिक्रिया दिनुहोस्