१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


वेपत्ता झा दम्पतीको शव गाडिएको अवस्थामा भेटियो


0
Shares

काठमाडौं, चैत १२ । एक महिनाअघि वेपत्ता भएका महोत्तरी पिपराका झा दम्पतीको शव गाडिएको अवस्थामा फेला परेको छ ।

पिपरा गाउँपालिका– ५ सहोडबाका मुसाफिर झा र उनकी पत्नी गीता देवी झा गत फागुन १० गते राति वेपत्ता भएका थिए ।

दुबै जनाको शव खाल्डोमा गाडिएको अवस्थामा पिपरा–२ मा फेला परेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।