१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


रुकुममा लोडर पल्टिदा १ जनाको मृत्यु


0
Shares

रुकुम, चैत्र १२ । रुकुम पश्चिमको सानीभेरी गाउँपालिका ९ को सुलिहालेमा लोडर पल्टिदा १ जनाको घटना स्थलमै मृत्यु भएको छ ।

मृत्यु हुनेमा कैलाली गोदावरी नगरपालिका वडा नं ४ का अन्दाजी २२ वर्षका सन्तोष बुढामगर रहेका छन् ।

दिवा चन्दा एण्ड बशन्त जेभीले निर्माण गरिरहेको मध्यपहाडी लोकमार्ग अन्तर्गतको हासिबाङ चौरजहारी सडकखण्डको निर्माण कार्यमा अन्तरगत बा २ क ९८८३ नम्बरको लोडर चलाउने क्रममा सानीभेरी नदिमा खसेको थियोे ।

उल्टो अवस्थामा परेपछी च्याप्पिएर उनको मृत्यु भएको सिम्ली प्रहरी चौकी इन्चार्ज तेजबहादुर खड्काले जानकारी दिनुभयो ।

प्रहरीले पोष्टमार्टमको लागि जिल्ला अस्पत्ताल सल्लेमा लैजाने जनाएको छ ।