१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


बैतडी र दार्चुलामा ३ दिनदेखि सञ्चार सेवा अवरुद्ध


0
Shares

बैतडी, चैत १२ । बैतडी र दार्चुलामा अप्टिकल फाइबर काटिंदा ३ दिनदेखि नेपाल टेलिकमको सबै सेवा अवरुद्ध भएको छ ।

बैतडीको पाटन र खोड्पेको बीचमा अप्टिकल फाइबर काटिएकाले सेवा अवरुद्ध भएको हो ।

गत सोमबार उक्त क्षेत्रमा अप्टिकल फाइबर काटिएको नेपाल टेलिकम बैतडीले जनाएको छ ।

तीन दिनदेखि फोन सेवा अवरुद्ध हुँदा सेवाग्राही मारमा परेका हुन्् ।

नेपाल टेलिकमको जिएसएम मोबाइल सेवा, इन्टरनेट सेवा अवरुद्ध हुँदा दुवै जिल्लाका हजारौं ग्राहक मारमा परेका छन् ।

काटिएको अप्टिकल फाइबर मर्मतको काम जारी रहेको नेपाल टेलिकम बैतडीका प्रमुख सुरेन्द्र कार्कीले जानकारी दिनुभयो ।