
काठमाडौं, चैत १२ । नबिल बैंकको ‘हिरो अफ नेपाल’ बाट सेफ सन्तोष साह सम्मानित हुनुभएको छ ।
बैंकले बिहीबार एक कार्यक्रम गरि सेफ साहलाई ‘हिरो अफ नेपाल’ बाट सम्मान गरेको हो ।
हस्पिटालिटी सम्बन्धी बीबीसीबाट प्रसारण हुने प्रतिष्ठित टिभी रियालिटी शो ‘मास्टर सेफ प्रोफेशनल यूके प्रतियोगिता २०२०’ को संस्करणमा सन्तोष फाइनलसम्म पुग्नुभएको थियो ।
बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहलेसमाजमा जहिले पनि पुरानै अनुहारलाई राष्ट्रिय हिरोका रुपमा मान्नुपर्ने अवस्थामा बैंकले नयाँ हिरोलाई सम्मान गर्दै आएको र देशका जुनसुकै कुनामा रहेर प्रेरणादायी काम गर्ने नेपालीलाई बैंकले सधैँ सम्मान गर्ने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्