१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


नेत्रज्योति संघले पाँच वर्षमा ६७७ वटा आँखा उपचार केन्द्र स्थापना गर्ने


0
Shares

काठमाडौं, चैत १३ । नेपाल नेत्रज्योति संघले आगामी पाँच वर्षभित्र नेपाल सरकारसँगको साझेदारीमा ६७७ वटा आँखा उपचार केन्द्र स्थापना गर्ने भएको छ ।

नेत्रज्योति दिवसको अवसरमा आज संघले गरेको पत्रकार सम्मेलनमा संघका महासचिव भरतबहादुर चन्दले सबै स्थानीय तहमा रहेका आँखा उपचार केन्द्रहरुलाई आधारभुत स्वास्थ्य सेवामा एकीकृत गर्ने र आगामी पाँच वर्षभित्र ६७७ वटा आँखा उपचार केन्द्र स्थापना गर्ने बताउनुभएको हो ।

यस्तै हाल सञ्चालनमा रहेका २२ वटा आँखा उपचार केन्द्रहरुलाई सेकेन्डरी लेभलको आँखा अस्पतालमा स्तरोन्नति गर्ने पनि उहाँले बताउनुभयो ।

मोतिविन्दुको अलावा दृष्टिदोष, बाल दृष्टिविहिनता, जलविन्दु, कोर्नियल अल्सर, डाइवेटिक रेटिनोपेथी, न्युनदृष्टि, पूर्नस्थापकीय सेवा सम्बन्धी राष्ट्रिय कार्यक्रमहरु सञ्चालन गरिनेपनि महासचिव चन्दले बताउनुभयो ।

यस्तै इ–हेल्थलाई संस्थागत गर्दै ५ वर्षभित्र आँखा सेवामा मोबाइल हेल्थका आधुनिक प्रविधिको विकास, विस्तार र नियमन गरीने पनि बताउनुभयो ।

संघको स्थापना २०३५ साल चैत १३ गते भएको थियो ।

संघले हालसम्म २१ वटा आँखा अस्पताल, १ सय २६ वटा आँखा उपचार केन्द्र र ४२ वटा जिल्ला शाखाको माध्यमबाट देशका विभिन्न ठाउँमा आँखा उपचार सेवा पुर्‍याउँदै आएको छ ।