२६ फाल्गुन २०८१, सोमबार | Mon Mar 10 2025


प्रधानमन्त्री ओलीद्वारा सुमनराज प्याकुरेल राष्ट्रिय सभामा दलको नेतामा मनोनयन


0
Shares

काठमाडौं, चैत १३ । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी ओलीले राष्ट्रिय सभाको संसदीय दलको नेतामा सुमनराज प्याकुरेललाई मनोनयन गर्नुभएको छ ।

सर्वोच्चको फैसलाबाट एमाले र माओवादी केन्द्र ब्युँतिएपछि ओलीले राष्ट्रिय सभामा संसदीय दलको नयाँ नेता चुन्नुभएको हो ।

यसअघि नेकपा रहँदा माओवादी केन्द्रका सांसद दिनानाथ शर्मा दलका नेता हुनुहुन्थ्यो । पार्टी अलग भएपछि प्याकुरेललाई दलको नेतामा मनोनयन गरिएको हो । शर्मा भने सर्वोच्च अदालतको २३ फागुनको फैसलापछि माओवादी केन्द्रमा हुनुहुन्छ ।

प्रधानमन्त्री ओलीले प्याकुरेललाई राष्ट्रिय सभामा एमाले संसदीय दलको नेता चुनिएको पत्र संसद सचिवालयलाई पठाइसक्नुभएको छ ।