
फाइल तस्विर
काठमाडौं, चैत १३ । नेकपा एमाले संसदीय दलको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ ।
अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको संसदीय दलको बैठकमा वरिष्ठ नेता झलनाथ खनाल, वामदेव गौतमलगाएतका माधव पक्षका नेताहरू सहभागी भएका छन् ।
बैठकमा माधवकुमार नेपाल र भीम रावल भने उपस्थित हुनुभएको छैन् ।
चालु संसद अधिवेशनलाई कसरी प्रभावकारीे, एक ढिक्का बनाउने भन्ने विषयमा छलफल हुने जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्