१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


दिनेशको ‘डिएनए’ रिपोर्ट अदालतमा पेश


0
Shares

बैतडी, चैत १३ । सुधार गृहमा रहेका बैतडीको दोगडाकेदार गाउँपालिका– ७ चडेपानीका १६ वर्षीय दिनेश भट्टको डिएनए रिपोर्टलाई अदालत पेश गरिएको छ ।

दिनेशमाथि दोगडाकेदार गाउँपालिका– ७ चडेपानीकै १७ वर्षीया भागरथी भट्टको हत्या र बलात्कार गरेको आरोप रहेको छ ।

प्रहरीले भागरथीको भजाइनल स्वाबबाट निकालिएको डिएनए र अभियुक्तको डिएनए परीक्षण रिपोर्ट जिल्ला अदालत बैतडीमा पेश गरेको हो ।

नेपाल प्रहरीको केन्द्रिय विधि विज्ञान प्रयोगशालामा गरिएको डिएनए रिपोर्ट जिल्ला अदालत बैतडीमा पेश गरिएको बैतडीका प्रहरी प्रमुख, प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिनुभयो ।

अदालतमा बुझाइएको अभियुक्तको डिएनए र भागरथीको भजाइनल स्वाबबाट निकालिएको डिएनएसंग मिलेको छ ।

गत माघ २१ गते विद्यालय गएकी भागरथी माघ २२ गते स्थानीय लवलेक जंगलमा विभत्स र निर्वस्त्र अवस्थामा मृत फेला परेकी थिइन् ।