
काठमाडौं, चैत १३ । गण्डकी प्रदेशको राजधानी पोखरामा रहेको तरकारी तथा फलफूल बजार अत्यन्तै व्यस्त एवं भिडभाड रहने गरेको ठूलो तरकारी बजार हो ।
गण्डकी प्रदेशका धेरै जिल्लामा तरकारी पुर्याउने बजार भएर पनि जिल्ला तथा प्रदेश सरकारको विषेश ध्यान नपुग्दा अझै व्यवस्थित भने हुन सकेको छैन ।
पोखरा उपत्यका नगर बिकास समिती द्धारा संचालित फलफूल तथा तरकारी बजार ४६ रोपनी क्षेत्रफलमा फैलिएको छ । यहाँ देशका विभिन्न जिल्लाबाट मात्र नभई भारतबाट समेत तरकारी तथा फलफुल आयात हुने गरेको छ ।
अधिकांश समय ब्यस्त रहने बजारको स्तरोन्नती गर्न प्रदेश सरकार तथा संबन्धित निकायले त्यति चासो नदिएको संचालक समिति तथा ब्यापारीहरुको गुनासो रहेको छ ।
दैनिक सयौँ मालबाहक सवारीसाधन आउने जाने यस ठाउँमा पार्किङको समेत उचित व्यवस्थापन हुन सकेको छैन ।
यहाँ कृषक आफंैले उत्पादन गरेका तरकारी तथा फलफूल सिधैं बजारमा आएर बेच्न पाउने सुविधाका लागी २ वटा स्टल छुट्याइएको सञ्चालकले जनाएका छन् ।
प्रतिक्रिया दिनुहोस्