५ बैशाख २०८२, शुक्रबार | Sat Apr 19 2025


त्रिविले अनुसन्धानको बजेट अहिलेसम्म पाएन


0
Shares

काठमाडौं, चैत १३ । चालु आर्थिक वर्षको ८ महिना बित्दासमेत त्रिभुवन विश्व विद्यालयले अनुसन्धान शीर्षकमा विनियोजित १५ करोड रुपैयाँ अझैसम्म प्राप्त गर्न सकेको छैन ।

जल तथा मौसम विज्ञान केन्द्रीय विभागको ३५ औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै विश्व विद्यालयका उपकुलपति धर्मकान्त बास्कोटाले अहिलेसम्म बजेट नपाएको बताउनुभयो ।

शिक्षा मन्त्रालयमार्फन दिइने भनेको १० करोड रुपैयाँ उपलब्ध गराउन विश्व विद्यालयका कुलपति समेत रहनुभएका प्रधानमन्त्रीलाई जानकारी गराइएको र विनियोजित बजेट सहज रुपमा प्राप्त गर्ने वातावरण बनाइदिन पनि अनुरोध गरेको उहाँको भनाइ थियो ।

कार्यक्रममा जलवायु जर्नलको विमोचन पनि गरिएको थियो ।

संस्थापकहरु प्राध्यापक सुरेशराज चालिसे, प्राध्यापक विदुर उपाध्याय र प्राध्यापक खड्ग बहादुर थापालाई सम्मान गरिएको थियो ।

दुई सय जनाभन्दा बढी जनशक्ति उत्पादन गरिसकेको जल तथा मौसम विज्ञान केन्द्रीय विभागमा हाल ३५ जना विद्यार्थी अध्ययनरत छन् ।

जल तथा मौसम सम्बन्धि विषयमा विद्यार्थीको आकर्षण रहे पनि सिमित स्रोत साधनले गर्दा विश्वविद्यालयले वार्षिक २० जना मात्र विद्यार्थी भर्ना लिने गरेको छ ।