३० चैत्र २०८१, शनिबार | Sun Apr 13 2025


लाप्राक नमूना बस्ती बैशाखमा हस्तान्तरण


0
Shares

काठमाडौं, चैत १३ । गैर आवासीय नेपाली संघको पहलमा गोरखाको लारपाकमा निर्माण भैरहेको लारपाक नमूना बस्ती आगामी बैसाख १२ गते हस्तान्तरण गरिने भएको छ ।

लाप्राक नमूना वस्तीमा बाँकी रहेका कामहरु यही चैत्रको अन्तिमसम्ममा सम्पन्न हुने र बैसाख १२ मा हस्तारण गरिने संघले जनाएको हो ।

संघका उपाध्यक्ष तथा लाप्राक नमूना वस्ती परियोजनाका संयोजक सोनाम लामाको नेतृत्वमा गएको संघको टोलिले निर्माण कार्यको अवलोकन गरि स्थानीयसंग छलफल पनि गरेको थियो ।