१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


नेपालको ग्रीड पूर्वाधारको स्तरोन्नति गर्ने जिम्मा जिइले पायो


0
Shares

काठमाडौं, चैत १३ । नेपालको ग्रीड पूर्वाधारको स्तरोन्नति गर्ने जिम्मा फ्रेन्च कम्पनी जिइले पाएको छ ।

जिइले नेपालमा ३ वटा ४०० किलो भोल्टको ग्यास इन्सुलेटेड सब–स्टेशनहरु (जिआइएस) निर्माणको ठेक्का प्राप्त गरेको हो ।

नेपाल विद्युत प्राधिकरणद्वारा ठेक्का स्वीकृत गरिएको यो अर्बौैं रुपैयाँको विद्युत प्रसारण एवं वितरण परियोजना एशियाली विकास बैंक र नेपाल सरकारको लगानीमा संचालित नेपाल दक्षिण एशिया उप–क्षेत्रीय आर्थिक सहयोग(सासेक) अन्तर्गतको आयोजना हो ।

यस आयोजनाको लक्ष्य देशको ग्रीड प्रणालीमा करिब १००० मेगावाट्स नवीकरणीय ऊर्जा थप गरी नेपालको विद्युत प्रसारण क्षमता अभिवृद्धि गर्ने र लाखौं घर परिवारलाई बिजुलीको पहुँचमा ल्याउने रहेको छ ।