
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण होली लगत्तै सुरु हुने भएको छ ।
नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा हुने त्रिदेशीय टी–ट्वान्टी सिरिजका लागि राष्ट्रिय टोलीको बन्द प्रशिक्षण होली लगत्तै सुरु गर्ने क्यानले जनाएको छ ।
नेपालले घरेलु भूमिमा नेदरल्यान्ड्स र मलेसियासँग त्रिदेशीय टी–ट्वान्टी सिरिज खेल्ने शुक्रबार क्यानले घोषणा गरेको थियो । सिरिज टियु क्रिकेट मैदानमा बैशाख ४ गतेदेखि ११ गतेसम्म हुनेछ ।
डबल राउण्ड रोबिनको आधारमा हुने सिरिजको शीर्ष दुई टिमले उपाधिका लागि खेल्नेछन् ।
प्रतिक्रिया दिनुहोस्