११ बैशाख २०८२, बिहिबार | Thu Apr 24 2025


भारतमा एकैदिन ६२ हजारभन्दा बढी कोरोना संक्रमित थपिए


0
Shares

एजेन्सी । भारतमा लगातार दोस्रो दिन पनि पछिल्लो २४ घण्टामा ६२ हजारभन्दा बढी कोरोना संक्रमित भेटिएका छन् ।

अघिल्लो दिन भारतमा ६२ हजार ६ सय ३२ नयाँ संक्रमित भेटिएका थिए ।

यो पछिल्लो १६४ दिनको सबैभन्दा धेरै हो ।

यसअघि १५ अक्टोबरमा ६३ हजार ४ सय ४१ संक्रमित भेटिएका थिए ।

यता कोरोनाका बढ्दो संक्रमणका बीच आज मध्यप्रदेशका १२ शहरमा लकडाउन गरिएको छ ।

यहाँ शनिबार राती १० बजेदेखि सोमबार बिहान ६ बजेसम्म ३२ घण्टाको लकडाउन रहनेछ ।

त्यस्तै महाराष्टमा पनि आजदेखि रात्रिकालीन कर्फ्यू लगाइएको छ । रात्रिकालीन कर्फ्यू अप्रिल १५ सम्म रहने भारतीय संचार माध्यमहरुले जनाएका छन् ।

उता ब्राजिलमा पनि कोरोना संक्रमण तीव्र बनेको छ ।

पछिल्लो २४ घण्टामा मात्रै ब्राजिलमा थप ८५ हजार ९ सय ४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

समाचार संस्था रोयटर्सका अनुसार ब्राजिलमा पछिल्लो २४ घण्टामा मात्रै ३ हजार ४ सय ३८ जनाको मृत्यु भएको छ ।

योसँगै ब्राजिलमा कोरोना संक्रमितको संख्या १ करोड २४ लाख ९० हजार नाघेको छ ।

त्यस्तै ब्राजिलमा कोरोनाले मृत्यु हुनेको संख्या ३ लाख १० हजारभन्दा बढी नाघेको छ ।