१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


इन्डोनेसियाको एक चर्चमा आक्रमण, १४ जना घाइते


0
Shares

एजेन्सी । पूर्वी इन्डोनेसियाको साउथ सुलावेसी राज्यको एक चर्चमा आत्मघाती आक्रमण भएको छ ।

दुई जना शंकास्पद व्यक्तिले आइतबार बिहान आत्मघाती बम विष्फोट गराएको इन्डोनेसिया प्रहरीले जनाएको छ ।

विष्फोटमा परी १४ जना घाइते भएका छन् ।

सुलावेसी राज्यको मकासारस्थित एक चर्च बाहिर बम आक्रमण भएको स्थानीय प्रहरीलाई उधृत गर्दै बीबीसीले जनाएको छ ।

घटनामा संलग्नको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

मोटरसाइकलमा आएका दुई व्यक्ति चर्चभित्र प्रवेश गर्ने प्रयास गरे पनि सुरक्षा गार्डले उनीहरुलाई ढोका बाहिरै रोकेका थिए ।