२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


प्रधानमन्त्री ओली र सभामुख सापकोटाबीच भेटवार्ता


0
Shares

काठमाडौं, चैत १५ । प्रधानमन्त्री केपी ओली र सभामुख अग्नि सापकोटाबीच भेटवार्ता भएको छ ।

प्रधानमन्त्री ओलीलाई भेट्न सभामुख सापकोटा बालुवाटारस्थित प्रधानमन्त्री निवास जानुभएको थियो ।

सञ्चारविज्ञ श्रीधर न्यौपानेका अनुसार त्यस क्रममा प्रधानमन्त्री ओली र सभामुख सापकोटाबीच संसदमा विचाराधीन विधेयक अघि बढाउने र संसद सञ्चालनका विषयमा छलफल भएको थियो ।

उहाँहरुबीच करिब दुई घण्टा कुराकानी भएको हो ।

प्रतिनिधिसभा पुनर्स्थापित भए पछि प्रधानमन्त्री र सभामुखबीच छलफल नै भएको थिएन । जसका कारण सरकारले संसदले बिजनेस नदिँदा पुनर्स्थापित प्रतिनिधि सभाको बैठक बसेर पनि बिना काम सकिने गरेको थियो ।