
धनकुटा, चैत १५ । धनकुटाको छथरजोरपाटी गाउँपालिकाले यस वर्ष ४८ लाख रुपैयाँ कृषि अनुदान वितरण गरेको छ ।
गाउँपालिकाले जारी गरेको १५ दिने सूचनामा दरखास्त दिएका ६ वटा वडाका १७ वटा कृषि सम्बन्धि सं्ंस्थाहरुबाट छनौट गरी ५ वटा कृषि तथा पशुपालक संस्थालाई अनुदान दिएको गाउँपालिकाले जनाएको छ ।
बंगुरपालान, खुर्सानी खेती, मकै खेतीका र किबी खेतीका लागि आवेदन दिएका संस्थालाई अनुदान दिएको गाउँपालिकाका भेटेनरी अधिकृत राजकुमार राईले बताउनुभयो ।
अनुदानबाट कृषि समूहसँग आवद्ध ११५ कृषक लाभाम्बित हुने छन् ।
पालिकाले वडा नं.१ लाई मकै,२ लाई खर्सानी, ६ लाई किवी, ३ र ५ वडालाई बंगुर पालन पकेट क्षेत्र घोषणा गरेको छ ।
प्रतिक्रिया दिनुहोस्