३१ चैत्र २०८१, आइतबार | Sun Apr 13 2025


कोरोनालाई चुनौती दिदै मनाइयो होली


0
Shares

मिरा बस्नेत

काठमाडौं, चैत १५ । रङ्गैरङ्गको पर्व होली यस पटक पनि कोरोनाको मारमा पर्‍यो ।

दोस्रो लहरको संक्रमण बढ्ने खतरा बढेको भन्दै सरकारले सार्वजनिक रुपमा होली पर्व नमनाउन उर्दी जारी गरे पनि काठमाडौं उपत्यका भने रङ्गिन बन्यो ।

रङ्गैरङको पर्व होली आइतबार नेपालका पहाडी जिल्लाहरुमा एकापसमा रङ लगाएर हर्षोउल्लासका साथ मनाइएको छ ।

फागुण शुल्क पूर्णीमाको दिन मनाइने यो पर्व सबै रिस राग बिर्सिएर एक आपसमा रङमा बाँधिने चार्ड हो ।

गत वर्ष पनि सरकारले कोरोनाको जोखिम भन्दै होली खेल्न रोक लगाएको थियो ।

यसपालि पनि सरकारले घर परिवारसँग घरभित्रै होली खेल्न र सार्वजनिक स्थानमा होली नखेल्न अपिल गरेको थियो । तर पछिल्लो समय बढिरहेको कोरोना संक्रमणलाई चुनौती दिदै सर्वसाधारणले भने उपत्यकाका विभिन्न स्थानमा जमेर होली मनाएका छन् ।

गत वर्ष पनि कोरोनाकै कारण होली खेल्न नपाएका सर्वसाधारणलाई यस पटक भने सरकारको उर्दीले छेक्न सकेन ।

यसपाली कोरोनालाई नै चुनौती दिदै होली खेलेका हुन् ।

सरकारको अपिललाई व्यवास्था ललकार्दै होली खेल्न उत्रिएकाहरुले सामन्य स्वास्थ्य सतर्कता पनि अपनाएको पाइएन ।

कतिपयले भने कोरोनाको जोखिम बाँकी नै रहेकाले सावधानीपूर्वक होली मनाउनुपर्नेमा ध्यान दिएको पनि पाइयो ।

काठमाडौंको चोक चोक र बसन्तपुर क्षेत्र होलीमा रमाउँदा मुख्य पर्यटकीय स्थल ठमेल भने सुनसान रह्यो ।

विगतका वर्षहरुमा पर्यटकहरु समेत रङमा लपेटिने ठमेलमा यस वर्ष पर्यटकहरु फ्याट्टफुट्ट मात्र देख्न पाइयो ।

सर्वसाधारणले स्वस्फूर्त रुपमा बाहिर निस्केर होली खेले पनि विभिन्न व्यापारीक घरानाहरुले प्रायोजन गर्ने साङ्गितिक कार्यक्रमहरु भने यस पटक पनि हुन सकेनन् ।