१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


मेयर रनिङ कपको उपाधि मिक्वाखोलाई


0
Shares

ताप्लेजुङ, चैत १५ । ताप्लेजुङमा आइतबार सम्पन्न दोस्रो मेयर रनिङ कप भलिबल प्रतियोगिताको उपाधि मिक्वाखोला गाउँपालिकाले हात पारेको छ ।

फाइनल खेलमा पाथीभरा याङ्वरक गाउँपालिकालाई ३–१ को सेटमा हराउँदै मिक्वाखोलाले उपाधि हात पारेको हो ।

सिदिंवा र सिरीजंघा भने तृतिय भएका छन् ।

बिजेता टोलीले २ लाख २१ हजार १ सय र उपविजेताले १ लाख ११ हजार १ सय रुपैयाँ प्राप्त गरेका छन् ।

तृतीय बनेका दुबै टिमलाई नगद ३३ हजारले पुरस्कृत गरियो ।

यता विधागततर्फ उत्कृष्ट डिफेन्डरमा दावा नुपू शेर्पा, उत्कृष्ट स्पाईकर मूकेश भटराई, उत्कृष्ट ब्लकरमा प्रविण न्यौपाने, उत्कृष्ट सर्भरमा प्रताप सुब्बा लिम्बू, उत्कृष्ट सेटरमा कैलास बस्नेत, उत्कृष्ट अलराउण्डरमा आशिस मगर र उदयमान खेलाडीका रुपमा नविन तामाङलाई सम्मान गरिएको छ ।

प्रतियोगितामा जिल्लाका ८ वटा पालिकाले सहभागिता जनाएका थिए ।