
काठमाडौं, चैत १५ । ललितपुरको दक्षिणी भेगमा पर्ने जलदेय्को ऐतिहासिक हरिसिद्धि देवीको तान्त्रिक गणनृत्य सम्पन्न भएको छ ।
हरिसिद्धि देवीको मन्दिर अगाडी नृत्य देखाइएको थियो ।
प्रत्येक वर्ष फागु पुर्णिमा र योमरी पुर्णिमामा हरिसिद्धि देवीको नृत्य देखाउने परम्परा रहेको छ ।
विभिन्न चरणमा नृत्य देखाएपछि अन्तिममा किसकिन्दा नरेश बालीलाई मार्न रामले त्रिशक्ति देवी हरिसिद्धिको तान्त्रिक साधना गरेपछि सफलता मिलेको नृत्य देखाउने गरिन्छ ।
ब्रम्हायणी, बैष्णवी र रुद्रायणीको त्रिशक्ति र योगिनीको रुपमा हरिसिद्धिलाई लिने गरिन्छ ।
प्रत्येक १२ वर्षमा गोदावरी तान्त्रिक साधना गरी पशुपतिको शिवलिंगमा समेत तान्त्रिक पूजा गरी उपत्यकाका विभिन्न २५ स्थानमा नाच प्रस्तुत गर्ने गरिन्छ ।
प्रतिक्रिया दिनुहोस्