
काठमाडौं, चैत १६ । सिंहसार्थ बाहुको खट जात्रा सोमबार सम्पन्न भएको छ ।
काठमाडौंको थंबही स्थित बिक्रमशील महाविहारबाट चकं द्यो अर्थात सिंहसार्थ बाहुको खट जात्रा गरिएको हो ।
कोरोना संक्रमणका कारण यस वर्ष खटलाई नगर परिक्रमा भने गराइएन ।
खटलाई महाविहार परिसरमा मात्र परिक्रमा गराइयो ।
१२ औं शताब्दीमा सिंहकल्प नगरका राजा भएका सिंहसार्थ बाहु जनताको जनभावना बुझन नगर परिक्रमा गर्ने गरेको स्मरणमा हाल सम्म यो जात्रा गरिंदै आएको छ ।
सिंहसार्थ बाहु तिब्बत जाने पहिलो व्यक्ति मानिन्छ ।
साथै युवराज भएका बेला नै तिब्बतमा पुगेर व्यापार व्यवासाय गरेर तिब्बत र नेपालको व्यापारिक सम्बन्ध पनि मजबुत बनाएको जस उनैलाई जान्छ ।
अहिले छाँया कम्प्लेक्स रहेको कमल पोखरीमा फूलेको कमलको फूल चकं द्योलाई चढाउनु पर्ने परम्परा थियो ।
प्रतिक्रिया दिनुहोस्