२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


चिकित्सा शिक्षा मेरिट लिष्ट अनुसार पढाउन सर्वोच्चको आदेश


0
Shares

काठमाडौं, चैत १६ । सर्वोच्च अदालतले मेरिट लिष्टबाट हटाइएका विद्यार्थीहरुको योग्यता क्रमको सूची पुनः प्रकाशन गर्न चिकित्सा शिक्षा आयोगलाई अन्तरिम आदेश जारी गरेको छ ।

चिकित्सा शिक्षा तर्फका स्नाकोत्तर तहका विद्यार्थीहरुले हालेको रिटमा सर्वोच्चले सोमबार उनीहरुको योग्यता क्रमको सूची पुनः प्रकाशन गर्न आयोगलाई आदेश जारी गरेको हो ।

चिकित्सा शिक्षा नियमावली २०७७ बमोजिम अंक पाउने भए सो बमोजिम अंक दिन समेत सर्वोच्चले आदेश दिएको छ ।

सर्वोच्चले हाल स्थगित म्याचिङ्को योग्यता क्रमका आधारमा अध्ययनको अवसर समेत प्रदान गर्न भनेको छ ।

प्रवेश परीक्षा उर्तिण भएका निवेदकलाई उच्च शिक्षाको अवसर वाट बञ्चित गर्दा अपूणिय क्षति हुने भन्दै दुर्गम क्षेत्र र अनुभवका आधारमा प्राप्त हुने अंक समेत प्रदान गरी म्याचिङ् सम्बन्धि सम्पुर्ण कार्य सम्पन गर्न समेत सर्वोच्चले आदेश दिएको छ ।

दुर्गम क्षेत्रमा काम गरेको झुटो विवरण पेश गरेको भन्दै चिकित्सा शिक्षा आयोगले मेरिष्ट लिष्टमा ५२ जनालाई समावेश नगरे पनि उनिहरुले सर्वोच्चमा रिट दायर गरेका थिए ।