
काठमाडौं, चैत १७ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) मा स्पष्टीकरणको गोलचक्कर चलिरहेको छ ।
अध्यक्ष केपी ओलीले नेता माधव नेपाल र भीम रावललाई पार्टीबाट ६ महिना निलम्बन गरेको भोलिपल्ट नेता घनश्याम भूषालले एक न एक दिन ओली दण्डित हुने दिन आउने भन्दै स्पष्टीकरण पेश गर्नुभएको छ ।
पार्टी अध्यक्ष एवं प्रधानमन्त्री ओलीले आफूलाई सोधेको स्पष्टीकरणको जवाफ दिँदै नेता भूषालले ओली व्यक्तिवादको घोर नशामा फसेको भन्दै त्यसबाट ब्यूझँन पनि भन्नुभएको छ ।
ओलीलाई व्यक्तिवादको घोर नशाबाट ब्यूँझन आग्रह गर्दै नेता भूषालले बुझाएको स्पष्टीकरणमा सत्ता र शक्तिको भोगको हिसाबले तपाईँले पाउन अझै के बाँकी छ ? भनि प्रश्न गर्नुभएको छ ।
भूषालले लेख्नुभएको छ, ‘मेरो लाख–लाख अनुरोध छ, कमरेड ! यस पार्टीलाई अगाडि बढ्न दिनुस् । अझै पनि व्यक्तिवादको घोर नशाबाट ब्यूँझनुस् । क्रान्ति त अघि बढ्छ, बढ्छ । आज वा भोलि वा पर्सी तपाईँ दण्डित हुनु हुनेछ ।’
११ पेज लामो पत्र लेख्दै नेता भूषालले अध्यक्ष ओलीका कारण एमाले पार्टी नै विसर्जनको बाटोमा पुगेको आरोप पनि लगाउनुभएको छ ।
ओलीले पार्टी अनुशासन तोडेको भन्दै नेता माधव नेपाल, भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भूषालसँग स्ष्पष्टीकरण माग्नुभएको थियो ।
पूर्व पार्टी नेकपामा रहँदा भएको मनोमालिन्यलाई आधार बनाई स्पष्टीकरण सोधिएको तर्क नेता नेपाल पक्षले लगाएको छ ।
हेर्नुस् भूषालले ओलीलाई लेखेको पत्रः
प्रतिक्रिया दिनुहोस्