
काठमाडौं, चैत १७ । सरकार र थारु कल्याणकारिणी सभासहित थरुहट संघर्ष समितिबीच वार्ता सुरू भएको छ ।
समाजवादी पार्टीका सांसद रेशम चौधरीको रिहालगायतका मुद्दामा वार्ता गर्न संघर्ष समिति र सरकारी वार्ता टोलीबीच गृह मन्त्रालयमा वार्ता सुरु भएको हो ।
कल्याणकारिणी सभाका पदाधिकारी, गृहमन्त्री रामबहादुर थापा ’बादल’ र प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराईबीच वार्ता सुरु भएको गृहमन्त्रीका प्रेस संयोजक किरण भट्टराईले बताउनुभयो ।
गृहमन्त्री थापाको संयोजकत्वमा वार्ता टोली गठन भएको थियो ।
सभाले १९ बुँदे माग सरकारसँग राखेको छ ।
सो माग पूरा भए समाजवादी पार्टीले प्रधानमन्त्री केपी ओलीसँग सत्ता साझेदारी गर्ने सम्भावना बलियो छ ।
प्रतिक्रिया दिनुहोस्