१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


पूर्वराजा ज्ञानेन्द्र शाहको सुरक्षा कटौती, ४० मध्ये २४ सुरक्षाकर्मी फिर्ता


0
Shares

काठमाडौं, चैत १७ । सरकारले पूर्वराजा ज्ञानेन्द्र शाहको सुरक्षा कटौती गरेको छ ।

उहाँको सुरक्षामा खटिएका ४० मध्ये २४ सुरक्षाकर्मी फिर्ता गरिएको हो ।

पूर्वराजा शाह र राजपरिवारका सदस्यको सुरक्षामा खटिएका २४ जना सशस्त्र प्रहरीलाई मंगलबार फिर्ता बोलाइएको हो ।

पूर्वराजपरिवारको सुरक्षामा ४० जना सशस्त्र प्रहरी तैनाथ हुँदआएकामा अब १६ जनामात्रै हुनेछन् ।

अतिविशिष्ट तथा विशिष्ट व्यक्तिको सुरक्षासम्बन्धी कार्यविधि, २०७७ अनुसार मापदण्डविपरीत रहेका सुरक्षाकर्मीहरुलाई फिर्ता बोलाइएको जनाइएको छ ।