१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


सरकार र थरुहट संघर्ष समितिबीच पहिलो चरणको वार्ता सकियो


0
Shares

काठमाडौं, चैत १७ । सरकार र थारु कल्याणकारिणी सभासहित थरुहट संघर्ष समितिबीच पहिलो चरणको वार्ता सिंहदरबारमा सम्पन्न भएको छ ।

वार्ता सौहार्दपूर्ण रह्यो र सकारात्मक दिशा तिर उन्मुख रहेको प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराईले जनाउनुभएको छ ।

अर्को चरणको वार्ता छिट्टै बस्ने सहमति भएको छ ।

समाजवादी पार्टीका सांसद रेशम चौधरीको रिहालगायतका मुद्दामा वार्ता गर्न संघर्ष समिति र सरकारी वार्ता टोलीबीच गृह मन्त्रालयमा वार्ता भएको हो ।

कल्याणकारिणी सभाका पदाधिकारी, गृहमन्त्री रामबहादुर थापा ’बादल’ र प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराईबीच वार्ता भएको हो।

गृहमन्त्री थापाको संयोजकत्वमा वार्ता टोली गठन भएको थियो ।

सभाले १९ बुँदे माग सरकारसँग राखेको छ ।

सो माग पूरा भए समाजवादी पार्टीले प्रधानमन्त्री केपी ओलीसँग सत्ता साझेदारी गर्ने सम्भावना बलियो छ ।