२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


सिराहाको मालपोत कार्यालमा विस्फोट गराउने पक्राउ


0
Shares

काठमाडौं, चैत १७ । सिराहाको लहानस्थित मालपोत कार्यालयमा बम विस्फोट गराएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

गत चैत १ गते मालपोत कार्यालयमा विस्फोट हुँदा कर्मचारी र सेवाग्राही गरी ८ जना घाइते भएका थिए ।

उक्त घटनाको जिम्मेवारी तराई जनतान्त्रिक मुक्ति मोर्चा (गोइत) समूहले लिएको थियो ।

घटनाको १७ दिनपछि प्रहरीले सिराहाको सुखीपुर नगरपालिका–५ का २५ वर्षका रामरिझन यादव र सिराहाकै लक्ष्मीपुर पतारी गाउँपालिका–३ का २६ वर्षका अभिमन्यू गिरी पक्राउ गरेको प्रदेश २ प्रहरी कार्यालयले जनाएको छ ।

उनीहरु यसअघि पनि आपराधिक काममा संलग्न भएको पाइएको प्रहरीले बताएको छ ।