
काठमाडौं, चैत १७ । नेकपा (एमाले) माधव कुमार नेपाल समूह निकट अनेरास्ववियुले राष्ट्रिय भेलाबाट पारित १९ बुँदे प्रस्ताव सार्वजनिक गरेको छ ।
भेलाबाट अध्यक्ष बनेका सुदेश पराजुली नेतृत्वको अखिलले मंगलबार राजधानीमा पत्रकार सम्मेलन गर्दै १९ बुँदे प्रस्ताव सार्वजनिक गरेका हुन् ।
वरिष्ठ नेता नेपाल र उपाध्यक्ष भिम रावललाई कथित कारवाही निर्णयको भत्सर्ना पनि गरेको छ ।
अनेरास्ववियुले घोषित मितिमा स्ववियु निर्वान गर्न, मूल्य वृद्धि तत्काल फिर्ता गर्न, मन्टेश्वरीहरुको असुली बन्द गर्न, चीनबाट एमबीबीएस गरेर फर्किएकाहरुलाई इन्टर्नशिपको व्यवस्था गर्न, विद्यार्थी सहुलितको कार्यान्वयन गर्न माग गरेको छ ।
प्रतिक्रिया दिनुहोस्