
काठमाडौं, चैत १७ । मंगलबार सुनको मूल्य पुनः ओरालो लाग्यो ।
अन्तर्राष्ट्रिय बजार पच्छ्याउँदै मंगलबार पनि स्थानीय बजारमा छापावाल सुनको मूल्य तोलामा ५ सयले ओरालो लागेर ८६ हजारमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
अघिल्लो दिन २ सयले बढेर ८६ हजार ५ सयमा कारोबार भएको थियो ।
यस दिन चाँदीको भाउ पनि १० रुपैयाँले घटेर १२ सय १५ मा कारोबार भएको महासंघले जनाएको छ ।
अन्तर्राष्ट्रिय बजारमा मंगलबार साँझसम्म सुन प्रति औंन्स १६ सय ८८ डलर हाराहारीमा कारोबार भैरहेको थियोे ।
प्रतिक्रिया दिनुहोस्