
काठमाडौं, चैत १७ । पछिल्लो दिन केही ओरालो लागेको शेयर बजारमा मंगलबार पुनः दोहोरो अंकको बृद्धि भयो ।
कारोबार सुरु भएदेखि निरन्तर जसो उकालो लाग्दै नेप्से ३२ अंकले उकालो लागेर २५ सय ७५ पुग्यो ।
व्यापार र उत्पादनमूलकबाहेक अरु सबै समूह उकालो लागे ।
निर्जीबनबीमा समूह सबै भन्दा उच्च ३ सय ९८ अंकको बृद्धि आयो ।
जीवनबीमा समूहपनि १ सय ८६ अंकले बढ्यो ।
लघुवित्त समूह १ सय ४९ अंक, होटल तथा पर्यटन समूहमा १ सय १२ अंक अनिजल विद्युत समूह पनि ९५ अंकले उक्लियो ।
अरु समूह सामान्य अंकले हरियो रहे ।
यस दिन नेपाल स्टक एक्सचेन्जमा २ सय ९ कम्पनीको १ करोड २२ लाख कित्ता शेयर ६ अर्ब १९ करोड बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्